साउन १६ – सामाजिक संजाल फेसबुकले अमेरिकामा हुन लागेको मध्यावधि चुनावलाई प्रभावित गर्ने उद्देश्यले खोलिएको जस्तो देखिएका ३२ वटा खाता र पेज बन्द गर्ने निर्णय गरेको छ । अनुसन्धानको पहिलो चरणमा रहेकाले यसमा कस्को संलग्नता छ भन्नेबारेमा यकिन भने नभएको फेसबुकले जनाएको छ । सन् २०१६ को राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपको तुलनामा यी खाता बनाउनेले आफ्नो परिचय लुकाउन निकै प्रयास गरेको बिबिसीले जनाएको छ । फेसबुकले शंकास्पद खाताहरूले ११ हजार डलर बराबरका १ सय ५० वटा विज्ञापन फेसबुक र इन्स्टाग्राममा चलाइरहेको जनाएको छ । अमेरिकामा मध्यावधि चुनाव आउँदो नोभेम्बरमा हुँदैछ ।

Facebook Comments
यो पनि ..........

Leave a Reply

Your email address will not be published. Required fields are marked *