जेठ २२ – आज विश्व वातावरण दिवस, मान्छेलाई प्रकृतीसँग नजिक पार भन्ने नाराका साथ मनाइँदैछ दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्थाले आज विभिन्न चेतनामुलक कार्यक्रम गदैछन् । ५ जुन १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरण प्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । यसैबिच सरकारले विश्व वातावरण दिवसका अवसरमा आज नेपाल स्वच्छ वातावरण महाअभियान–२०७५ सम्बन्धी एकवर्षीय कार्यक्रम घोषणा गर्ने भएको छ । यस्तै विश्व वातावरण दिवसका अवसरमा नेपाल वातावरण पत्रकार समूहले यस वर्षको वातावरण पत्रकारिता पुरस्कार–२०१७ ‘दि काठमाडौँ पोष्ट’ दैनिकका काठमाडाैंका संवाददाता चन्दनकुमार मण्डल र ‘अन्नपूर्ण पोष्ट’ दैनिकका काठमाडाैका संवादाता छेटु शेर्पालाई प्रदान गर्ने निर्णय गरिएको छ । समूहले यो पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको छ ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा र आफुलाई वातावरण दिवस मनाउन पाउँदा अत्यन्तै खुसि लागेको बताउनुभएको छ । उहाँले वातावरण दिवसका अवसरमा वातावरणीय क्षेत्रमा सहयोग पुर्याउने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । आजको दिनले वातावरण संरक्षणको कुनै न कुनै भुमिकामा संलग्न हुन हरेक नेपालीलाई उत्प्रेरणा मिल्ने बताउनुभयो । यस्तै वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले पनि वातावरण दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै आफू बचेर अरुलाई बचाउने दायित्व मानवको नै भएकोले वातावरण बचाउन आग्रह समेत गर्नुभएको छ । यस्तै वन तथा वातावरण सचिव डाक्टर विश्वनाथ ओलीज्युले शुभकामना सन्देश दिँदै प्रकृती, वातावरण र सम्पूर्ण प्राणिजगत्को अस्तित्व जोगाउन हामीसबैको दायित्व भएकोले सबैको साथ र सहयोग हुन जरुरी रहेको बताउनुभएको छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *