कीर्तिपुरमा विद्युतीय पुस्तकालय विकास

साउन २५ – कीर्तिपुर नगरपालिकाले विद्युतीय पुस्तकालय विकास गर्ने भएको छ । नगरपालिकाले स्थानीयवासी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रविधिमा आबद्ध गरी शिक्षा मिलोस भनेर विद्युतिय पुस्तकालय स्थापना गर्न लागेको हो । विद्युतीय माध्यमबाट पुस्तकलाई पढ्न सकिने व्यवस्था नै विद्युतीय पुस्तकालय हो । सूचना र प्रविधिको विकाससँगै आधुनिक समाजमा पुस्तकालय अध्ययन, अनुसन्धान तथा ज्ञानको खोजले मानिसको चेतना वृद्धिसहित सफल बनाउँछ भन्ने अवधारणाबाट पुस्तकालय खोल्न लागिएको नगरपालिकाका उपप्रमुख सरस्वती खड्काले बताउनुभयो ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *