एकान्तकुनामा कारले मोटरसाईकललाई ठक्कर दिँदा ट्राफिक प्रहरीको मृत्यु

मंसिर १७ – ललितपुरको एकान्तकुनामा कारले मोटरसाईकलाई ठक्कर दिँदा ट्राफिक प्रहरीको ज्यान गएको छ । गएराती ०९ बजेतिर बा १६ च ६८ ०२ नम्बरको कारले बा ९४ प ६१ ९७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा सुर्खेत विद्यापुर ७ घर भई अहिले प्रहरीबृत्त कालीमाटीमा कार्यरत ट्राफिक प्रहरी सुवनप्रसाद कंडेलको ज्यान गएको हो । कार चालक काभ्रे पनौती घर भइ ललितपुर बस्दै आएका प्रज्वल बहादुर ख्डकालाई प्रहरीले पक्राउ गरेको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *