बरु नष्ट गर्ने तर तोकिएको भन्दा सस्तोमा नबेच्ने निर्णय

मंसिर १७ –  देशभरका लेयर्स कुखुरा पालक किसानले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेका छन् । देशभरका लेयर्स कुखुरा पालक किसानको भेलाले बरु अण्डा नष्ट गर्ने तर तोकिएको भन्दा सस्तोमा नबेच्ने निर्णय गरेको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ । अण्डाको बजार सुधार गर्न उत्पादक र आन्तरिक व्यापारबीच आपसी सहमतिमा मूल्य निर्धारण गरी कार्यान्वयन गर्ने निर्णय पनि भेलाले गरेको छ । यसैगरी अण्डा उत्पादक किसान राहत कोषसमेत स्थापना गर्नुपर्ने आवश्यकता महसुस गर्दै कोष स्थापनाका लागि कार्यविधि तयार गर्न समिति गठन गर्ने निर्णय गरेको छ । भेलाले अण्डाको मूल्य घट्नुको प्रमुख कारण उत्पादन बढी भएको भन्दै लेयर्स प्यारेन्ट आयातमा नै कटौती गर्न ह्याचरी उद्योग सङ्घलाई आग्रह गर्ने निर्णय गरेको छ ।

Facebook Comments
अर्थ, ब्यानर

Leave a Reply

Your email address will not be published. Required fields are marked *