भाद्र २३ –  बालमैत्री अनिवार्य शिक्षा, ज्ञान र सीपको सुनिश्चितता भन्ने नाराका साथ आज अन्तराष्ट्रिय साक्षतरता दिवस मनाइँदैछ । शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस भन्ने नाराका साथ २०३१ सालबाट यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघिय शैक्षिक, बैज्ञानिक तथा सांस्कृतिक तथा सङगठन युनेस्कोले ८ सेप्टेम्बरलाई अन्तराष्ट्रिय साक्षरता दिवस मनाउने घोषणा गरेको हो । यो वर्षको साक्षरता दिवसलाई सरकारले विषेश प्राथमिकताका साथ मनाउने निर्णय गरेको छ । सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई सफल पार्न शिक्षाको विकासलाई विभिन्न ५ शिर्षकमा विभाजन गरि तीनलाई राष्ट्रिय अभियानको रुपमा संचालन गर्ने गरि मन्त्रालयले प्राथमिकतामा राखेको हो । मन्त्रालयले ३९ औ राष्ट्रिय शिक्षा दिवस तथा ५२ औ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आज शिक्षा विकासमा सहयोग पुर्याएका सामुदायिक विद्यालय, संस्थागत विद्यालय, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् तथा क्याम्पसहरुलाई पुरस्कृत गर्दै छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *