कंगोमा फैलिएको इबोला अहिलेसम्मकै दोस्रो ठूलो

मंसिर १५ –  कंगोमा फैलिएको इबोलाको महामारी अहिलेसम्मकै दोस्रो ठूलो रहेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ । कंगोमा यो वर्ष दोस्रोपटक इबोलाको संक्रमण फैलिएको हो । गएको जुलाईदेखि देशको पूर्व क्षेत्रमा सुरु भएको महामारी अहिलेसम्म कायमै छ । सन् १९७६ यता १० पटक इबोलाको महामारी फैलिएको कंगोमा अहिलेको महामारी अहिलेसम्मकै दोस्रो भयानक रहेको र रोकथामका लागि थप प्रयासको खाँचो रहेको डब्लुएचओले जनाएको छ । डब्लुएचओका अनुसार इबोलाको महामारी ग्रस्त कंगोको बेनी शहरमा मात्रै अहिलेसम्म ४ सय २६ जनामा इबोला भाइरसको संक्रमण पाइएको हो । अहिलेको महामारीका कारण झण्डै २ सय जनाको ज्यान गइसकेको छ । यसअघि सन् २०१३ देखि २०१६ को बिचमा पश्चिम अफ्रिकी देशमा फैलिएको इबोला महामारीका कारण ११ हजार ३ सय १० जनाको ज्यान गएको थियो जुन इतिहासकै ठूलो इबोला महामारी हो ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *