भाद्र ४ – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्र बनिसक्ने दाबी गरेको छ । प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले भूकम्पप्रभावितले मापदण्ड पूरा गरेर मात्र घर बनाउनुपर्ने बताउनुभयो । प्राधिकरणको तथ्याङ अनुसार २७ प्रतिशत लाभग्राहीले मात्र घर बनाउने काम सकेका छन् । भूकम्प अति प्रभावित १४जिल्लामा आठ लाख ७ हजार ४ सय ८६ लाभग्राही रहेको र सात लाख २२ हजार १ सय ७६ सँग अनुदान सम्झौता भएको छ । यस्तै, पाँच लाख ४१ हजार ४ सय ४० घर बनाउन शुरु गरिएको र तीन हजार ८ सय १५ विद्यालय बनिसकेको प्राधिकरणले जनाएको छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *