भाद्र ९ – अमेरिकाको एरिजोनाबाट मेक्सीकोको लुईस रियो कोलोराडो शहरको एउटा घरसम्म पुग्ने गरि सुरुङ खनिएको भेटिएको छ । झण्डै १ सय ८० मिटर लामो यो सुरुङ लागुपदार्थ तस्करीको लागि प्रयोग भैरहेको पाइएको अमेरिकाले दाबी गरेको छ । गएको हप्ता यो सुरुङबारे पत्ता लागेपछि दक्षिणी ऐरिजोनामा रहेको त्यो घरको मालिक इवान लोपेन्जलाई पक्राउ गरिएको बिबिसीले जनाएको छ । प्रहरीले ७ अर्ब रुपैयाँभन्दा धरैको लागु औषधसमेत भेटेको खबरमा उल्लेख छ ।

Facebook Comments
यो पनि ..........

Leave a Reply

Your email address will not be published. Required fields are marked *