साउन १७ – भारतबाट ग्यालिनभित्र राखी तेलजस्तै बनाएर नेपालमा लागू औषध ल्याइने गरिएको पाइएको छ ।ललितपुर प्रहरी परिसरले तीनवटा ग्यालिनमा राखेर काठमाडौं भित्र्याइएको फर्मास्युटिकल्स ड्रग्स बरामद गरि बिहीबार सार्वजनिक गरेको हो । प्रहरीले सात सय ७८ सेट एम्पुल बरामद गरेको जनाएको छ । प्रहरीले चार जनालाई पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुरका २८ वर्षीय विनोद मानन्धर,ललितपुरका २९ वर्षीय विजय लामा,पर्साका ४० वर्षीय धनन्जय पुन मगर र सोही जिल्लाका शत्रुघन पासवान रहेका छन् । ‍उनिहरुले विरगन्ज नाकाबाट काठमाडौंसम्म ल्याईपुर्याउने काम गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ग्यालिनभित्र एम्पुलहरु भरेर त्यसपछि पानी हाली बिर्को ‘सिल’ गरिएको थियो । ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी गणेश ऐरले विशेष सुचनाका आधारमा पक्राउ र बरामद गर्न सफल भएको जानकारी दिनुभयो । वीरगन्जमा एक सेटलाई ५ सय रुपैयाँमा किनेर काठमाडौंको डिलरलाई एक हजार रुपैयाँमा बेच्ने र दुव्र्यसनीसम्म पुग्दा १५ सय रुपैयाँ मुल्य पर्ने पाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *