बौद्ध स्तूप परिसरमा ढल निर्माण गर्ने

भाद्र २६ – काठमाडौँ महानगरपालिकाले बौद्ध स्तूप परिसरमा ढल निर्माण गर्ने भएको छ । स्पुता परिसरमा हुने डुवान नियन्त्रण गर्न एक करोड २७ लाख रुपैयाको लागतमा ढल निर्माण गर्न लागिएको महानगरपालिकाले जनाएको छ । गोकर्णेश्वर नगरपालिकाको जगडोल तथा रामहिटी वडा ८ र ९ बाट आउने भल बौद्धद्वार नजीकको खहरेमा पु¥याइने र बौद्ध परसिरलाई डुवानमुक्त बनाइने महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । अनुगमनमा सहभागी सांसद कृष्ण राईले चाबहिल, बौद्ध, जोरपाटी हुँदै साँखु जाने सडक दशैँ अगावै कालोपत्रे हुने बताउनुभयो ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *