अमेरिकी डलर अहिलेसम्मकै महँगो

भाद्र २६ – अमेरिकी डलर नेपाली रुपैयासंग अहिलेसम्मकै महँगो भएको छ । आज, १ अमेरिकी डलरको विक्रिदर १ सय १६ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ । आजका लागि अमेरिकी डलरको खरिद दर १ सय १५ रुपैयाँ ६३ पैसा तोकिएको छ । हिजो १ डलरको खरिद दर १ सय १४ रुपैयाँ ४८ पैसा र विक्रिदर १ सय १५ रुपैयाँ ८ पैसा थियो । यसअघि बढ्दै गएको डलरको भाउ गएको शनिबार भने ८ पैसा घटेको थियो । त्यसयता फेरि पनि डलरको भाउ बढ्दै गएको हो । डलर महँगो हुँदा अर्थतन्त्र नै प्रभावित हुने अर्थशास्त्रीहरु बताउँछन् । बस्तु आयातमा निर्भर नेपालको जस्तो अर्थतन्त्रमा डलरको भाउ बढ्दा मुल्यबृद्धि हुन्छ । भारतंगको स्थिर विनियम दरका कारण अन्तराष्ट्रिय बजारमा भारतीय मुद्रा कमजोर हुँदा स्वत नेपाली मुद्रा पनि कमजोर हुने गरेको हो ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *