आज घरघरमा कुकुरको पूजा

कार्तिक २० – तिहारको दोस्रो दिन आज घरघरमा कुकुरको पूजा गरिंदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन अर्थात आज कुकुरलाई मीठामीठा खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने विश्वास गरिन्छ । कुकुर आज्ञापालक, वफादार र सुरक्षाका लागि भरपर्दो जनावर हो । तिक्ष्ण घ्राणशक्तिका कारण कुकुर अपराध अनुसन्धानमा पनि प्रयोग गरिन्छ । आज बिहानै नदी वा तलाउमा नुहाएर तर्पण गरि दक्षिण फर्काएर यमदीप बालेर बगाउनाले मृत्युपछि नरक हेर्नुनपर्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले बताउनुभयो । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *