भाद्र १ – कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आजदेखि लागू भएको मुलुकी अपराध (सहिंता) ऐन २०७४ मा चिकित्सकको दण्ड सजाय सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने जनाएको छ । चिकित्सकको दण्ड सजाय सम्बन्धी ऐनमा भएको व्यवस्थाप्रति नेपाल मेडिकल एसोशिएसनले व्यक्त गरेको चासोप्रति सरकार संवेदनशील रहेको र यो विषयलाई प्रचलित कानूनमा आवश्यकता अनुसार संशोधन गर्ने मन्त्रालयले जनाएको छ । पेशागत कार्य सम्पादन र कर्तव्य पालन गर्दा चिकित्सकको मर्यादामा आँच आउन नदिन आवश्यक व्यवस्था मिलाउन सजग रहने मन्त्रालयले जनाएको छ । मुलुकी अपराध (सहिंता) ऐन अनुसार उपचारका क्रममा बिरामीको ज्यान गए चिकित्सकलाई कैद हुने व्यवस्थाको डाक्टरले विरोध गरेपछि सरकारले संशोधन गर्ने जनाएको हो ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *