साउन ९ – अन्तर्राष्ट्रिय सांस्कृतिक समूह दीभाइन सोल्सको आयोजनामा काठमाडौंमा इन्डो नेपाल सांस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम भृकुटीमण्डपस्थित सभा गृहमा आउँदो साउन २९ गते हुने आयोजकले जनाएको छ । कार्यक्रममा भारतीय कलाकारहरु पारुल जयशे शेठ, जिगर राजनीकान्त भट्ट, बृशाली विसाल गुरभ, जय सिन्धे, जित बिपुल त्रिवेद्धी, स्वरंग प्रितम रन्दीभले विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछ भने नेपालको तर्फबाट उस्ताद यशराज सुदर्शन राजोपाध्यायको सरोदवादन सहित सुरसुधाको प्रस्तुति रहनेछ ।  किरीत सोनीको नेतृत्वमा रहेको दीभाइन सोल्स यस कार्यक्रमको लागि आउँदो साउन २५ गते नेपाल पुग्ने दीभाइन सोल्सका संस्थापक महेन्द्र जावेरीले बताउनु भएको छ।  कार्यक्रम नेपाल भारत  मित्रता एवमं संझाैताको ६८ अाैं वार्षिकोत्सवको अवसरमा हुन लागेको हो ।

Facebook Comments
ART

Leave a Reply

Your email address will not be published. Required fields are marked *