धर्मस्थली र  चित्लाङ्गमा एक हजार बर्षभन्दा पुराना जात्रा सम्पन्न

कार्तिक ८ –  काठमाडौको धर्मस्थली र मकवानपुरको चित्लाङमा गएराती दुईवटा पुराना जात्रा सम्पन्न भएका छन् । धर्मस्थलीमा परम्परागत रुपमा भगवान् बुद्धको जात्रा र चित्लाङ्गमा चारदिनदेखि रातिराती चलिरहेको स्वच्छन्द भैरबसँग सम्बन्धित जात्रा सम्पन्न गरिएको हो । दुवै जात्रा एक हजार बर्षभन्दा पुराना हुन् । भगवान बुद्धको जात्रामा नौं जना देवी–देवता संलग्न नाच सम्पन्न गरेर चित्लांगको देवघरमा भित्राइएको नाचका गुरु रामकृष्ण बलामिले बताउनुभयो ।

यस्तै, काठमाडौंको धर्मस्थलीमा महामञ्जुश्रीले स्थापना गरेको भनिने चैत्य रहेको र सातौं शताब्दीमा घुम्न आएका चीनियाँ यात्री हु यन साङले रोपेको भनिने धर्मस्थलीको दुई पिपलबोट समेत रहेको थुम्कोमा स्थानीयबासिन्दाले सामुहिक रुपमा मनाउँदै आएको जात्रा सम्पन्न गरिएको शिक्षक उत्तम शाहीले जानकारी दिनुभयो ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *