भीमसेन स्तम्भका नाममा रहेको सुन्धाराको जग्गा खाली गर्न थालियो

जेठ १९ –  धरहरा पुनःनिर्माणका लागि धरहरा भीमसेन स्तम्भका नाममा रहेको सुन्धाराको जग्गा खाली गर्न शुरु गरिएको छ । कर्मचारी सञ्चय कोषले निर्माण गरेका २३ वटा टहरा आज भत्काइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । कोषको पुरानो भवनमा जान बनाइएको बाटोमा टहरा बनाएर भाडामा दिएको थियो ।

ती टहरा भत्काइसकेपछि गोश्वारा हुलाक कार्यालय, नेपाल बैंक लिमिटेड र टक्सार विभागका भवन पनि भत्काइने महानगरपालिकाले जनाएको छ ।

 

धरहरा पुनःनिर्माणका लागि नक्सांकनको काम अन्तिम चरणमा पुगेको छ ।महानगरपालिकाले ऐतिहासिक स्थलको जग्गा मिचेर बनाइएका २२ वटा संरचना गएको शनिबार भत्काएको थियो ।

Facebook Comments
फोटो ग्यालरी, ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *