पुस १२ –  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागी एकजुट हुन आह्वान गर्नुभएको छ । बिहीबार काठमाडौमा धरहरा पुनर्निर्माणको शिलान्यास गर्दे प्रधानमन्त्री ओली सरकार मुलुकको बिकासको अभियानमा अघि बढ्ेको भन्दै एकजुट हुन आह्वान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले राम्रो कामलाई राम्रो भन्न सक्नुपर्ने भन्दै विकास निर्माणको कार्यमा व्यवधान गर्न नहुने धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले पहिलेको जस्तै धरहरा बनाउन नसकेपनि उस्तै तर बलियो धरहरा बनाइने भन्दै वातावरण स्वच्छ राख्दै धरहरा निर्माण कार्य अघि बढाउन निर्देशन दिनुभयो । ठेकेदारले दुई वर्षभित्रै धरहरा निर्माणको काम सक्ने उहाको भनाई छ । धरहराको पुनर्निर्माण विकासकै लहरको एउटा हिस्सा भएको पनि बताउनुभयो । रानीपोखरी लगाएत ऐतिहसिक सम्पदाको पुननिर्माणको कार्यपनि अव तिब्र ढंगले अघि बढ्ने उहाले बताउनुभयो ।

भूकम्प गएको झण्डै चार वर्ष पुग्न लाग्दा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा धरहरा पुनर्निर्माणको औपचारिक थालनी गरिएको हो । धरहराका लागि जग खन्ने काम अन्तिम चरणमा पुगेको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नयाँ धरहरा २२ तलाको हुनेछ । भीमशेन थापाले बनाएको ११ तले धरहरा १९९० सालको भूकम्पमा भत्किएर ९ तलामा सीमित भएको थियो । यसअघि प्रधानमन्त्री ओलीले २०७२ फागुन २ गते मेरो धरहरा म आफै बनाउँछु भन्ने अभियानको थालनी पनि गर्नुभएको थियो । अभियानको कोषमा अहिलेसम्म २४ करोड रुपैयाँ जम्मा भएको छ । धरहरा पुनर्निर्माणका लागि तीन अर्ब ४२ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

Facebook Comments
HOMELAND

Leave a Reply

Your email address will not be published. Required fields are marked *