‘समृद्धिको यात्रामा महिलाहरु पनि अगाडी बढ्नुपर्छ’ – उपमेयर खड्गी

पुस १ – काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले देशको समृद्धिको यात्रामा महिलाहरु पनि सशक्त रुपमा अगाडी बढ्नुपर्ने बताउनुभएको छ । गुण व्युटिसियन ट्रेनिङ सेन्टरको दशौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा तीनकुने शाखाको उद्घाटन गर्दै उपमेयर खड्गीले सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । खड्गीले घरको चुल्होमा मात्र सिमित नरही महिलाहरु पनि आफ्नै खुट्टामा उभिनुपर्नेमा जोड दिनुभयो । ‘आजका महिलाहरु भान्छा मात्रै होइन, देशलाई पनि सम्हाल्न सक्छन्’ उपमेयर खड्गीको भनाई थियो, ‘देशलाई समृद्धितर्फ डो¥याउनमा महिलाहरुको भूमिका पनि महत्वपूर्ण छ भन्ने कुरा प्रमाणित गरेर देखाइदिनुपर्छ । अब महिलाहरुले सीप सिकेर आर्थिक क्षेत्रमा पनि सशक्त बन्नुपर्छ ।’

गुण ब्युटिसियन ट्रेनिङ सेन्टरकी संचालक गुणकेशरी ताम्राकारले महिला दिदीबहिनीहरुलाई आफ्नो खुट्टामा उभिनसक्ने बनाउनु नै आफ्नो प्रमुख उद्देश्य भएको बताउनुभयो । आफुले ट्रेनिङ सेन्टरको शुरुवात व्यापार वा नाफाको उद्देश्यले नभई, महिलाहरुको उत्थानको उद्देश्यले गरेको ताम्राकारको भनाई थियो ।

गुण व्युटिसियन ट्रेनिङ सेन्टरले आफ्नो दशौं वार्षिकोत्सवको अवसर पारेर तीनुकने शाखाको शुरुवात गरेको हो । विगतमा ट्रेनिङ सेन्टरबाट हेयर कटिङ, व्युटिसियनको साथमा व्युटि प्रोडक्टको बारेमा समेत तालीमहरु दिँदै आएको थियो भने अब तीनकुने शाखाबाट तालीमको साथमा हेयर कटिङ, मेकओभर लगायतका सेवा पनि प्रदान गर्ने जनाएको छ । एक दशक अगाडी ललितपुरको प्रयागपोखरीबाट शुरु भएको सेन्टर पछि गएर महापालबाट संचालन भइरहेको थियो भने अहिले तीनकुने शाखालाई एकेडमिको अवधारणामा संचालन गर्न लागेको सेन्टरकी संचालक ताम्राकारले बताउनुभएको छ ।

सेन्टरको दशौं वार्षिकोत्सव कार्यक्रमको व्यवस्थापन भने रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको थियो ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *