प्रधानन्यायाधीश पदमा प्रस्तावित दीपकराज जोशी अस्वीकृत

साउन १८ – संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीश पदमा प्रस्तावित दीपकराज जोशीलाई अस्वीकृत गरेको छ । नेपालको संसदीय सुनुवाईको इतिहासमा कुनै पदाधिकारीको नाम अस्वीकृत भएको यो पहिलो पटक हो । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकमा समितिमा रहेका कांग्रेसका चार सांसद ज्ञानेन्द्र बहादुर कार्की, जितेन्द्र नारायण देव , पुष्पा भुसाल र भिमसेनदास प्रधानले बहिस्कार गरेपछि दुई तिहाई बहुमतका आधारमा जोशीको नाम अस्वीकृत भएको हो । १५ सदस्यीय समितिमा सत्तापक्षको दुई तिहाई बहुमत थियो । अनुमोदनको पक्षमा शुन्य र विपक्षमा १० मत परेको थियो । सत्तारुढ दल नेकपाका ९ र फोरमका एक सांसदले जोशीको विपक्षमा मत हालेका हुन् । १५ सदस्यीय सुनुवाइ समितिमा राजपाबाट सदस्य रहेका लक्ष्मणलाल कर्ण जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका कारण मतदान गर्नुभएन । बैठकपछि सभापति कर्णले बैठकमा जोशीको नियुक्तीका बिषयमा सबै सदस्यको राय प्रकट भएपछि बैठकले मतबिभाजनका आधारमा निर्णय गरिएको जानकारी दिनुभयो ।

बैठक बहिष्कार गर्दे कांग्रेसका चार सांसदले जोशीलाई अनुमोदन गर्नुपर्ने कारण लिखित रुपमै राखेका थिए । संवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई अस्वीकृत गर्नुपर्ने कारण र आधारका आभावमा नियुक्ति अस्वीकार गर्ने रायसँग गम्भीर असहमति रहेकाले बैठक बहिस्कार गरेको कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाले दुई तिहाईको बलमा अदालतमाथि हस्तक्षेप भएको आरोप लगाउनुभयो । त्यस्तै बैठकमा जोशीलाई सर्वोच्च अदालतको प्रधानन्याधीश बनाउन अस्वीकार गर्नुको पाँच लिखित कारण दिएको नेकपा सांसद योगेश भट्टराईले जानकारी दिनुभयो । सुनुवाईका क्रममा जोशीले आचरण, इमान्दारिता र कार्यक्षमताबारे सोधिएको प्रश्नको प्रष्ट र सन्तोषजक जवाफ दिन नसकेको उहाले बताउनुभयो ।

समितिले अब जोशीको नाम अनुमोदन नभएको जानकारी संवैधानिक परिषद्लाई गराउने छ । प्रधान न्यायाधीशमा अस्वीकृत भए पनि जोशी हाल वरिष्ठताका आधारमा कायम मुकायम प्रधान न्यायाधीश हुनुहन्छ । संवैधानिक परिषद्को बैठकले अब जोशी पछिका वरिष्ठ ओमप्रकाश मिश्रलाई प्रधान न्यायाधीशको लागि सिफारिश गर्ने निश्चित छ । संबिधानमा प्रधानन्यायाधीश, न्यायाधीश, राजदूत र संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्ती अघि संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *