कार्तिक १० – काठमाण्डूको कीर्तिपुरमा ल्याब्रोटरी स्कुल नजिकैको ढलमा परेर आज बिहान एक जना साइकल यात्रीको ज्यान गएको छ । ज्यान गुमाउने ३५–४० वर्षका पुरुषको परिचय खुलेको छैन । सडक छेउमा खुल्ला रहेको ढलको खाल्डोमा ती यात्री साइकलसहित खसेका थिए । स्थानीयबासिन्दाले मानिस ढलमा परेको जानकारी दिएपछि गएको प्रहरीले उनलाई ढलबाट निकालेको थियो । उनी कतिखेर ढलमा खसेका हुन भन्ने खुलेको छैन ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *