साउन १९ – सरकारले समाजकल्याण परिषदमा भएको भ्रष्टाचारको छानविन गर्ने भएको छ । हिजो बेलुका सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले परिषद्भित्र भएको भनिएको भ्रष्टाचार छानविनका लागि समिति गठन गरेको हो । बैठकले समाजकल्याण परिषद्मा भएको अनियमितताको छानविन गर्न जाँचबुझ ऐन बमोजिम विशेष अदालतका पुर्व न्यायाधिश मोहनरमण भट्टराईको अध्यक्षतामा ५ सदस्यीय छानविन आयोग गठन गरेको छ । यस्तै बैठकले खाद्य तथा पोषणा सुरक्षा अभिवृद्धि परियोजनाका लागि विश्व बैकबाट प्राप्त हुने अनुदान सहायता स्वरुप २२ दशमलब ७ मिलियन अमेरिकी डलर स्वीकार गर्न, वार्ता टोली बनाउने निर्णय गरेको छ ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *