कोलम्बिया: नयाँ राष्ट्रपतिका रुपमा इवान डुक्युको शपथ

साउन २३ – कोलम्बियाको नयाँ राष्ट्रपतिका रुपमा इवान डुक्युले शपथ लिनु भएको छ । उहाँले देशलाई एकताबद्ध गर्ने तथा आर्थिक वृद्धिलाई सुधार गर्ने बताउनु भएको छ । पूर्व वकिल रहेका इवानले शपथपछिको सम्बोधनमा देशमा व्याप्त रहेको भ्रष्टाचार अन्त्य गर्ने तथा खस्किँदो अवस्थामा रहेको अर्थतन्त्र सुधार गर्नमा आफ्नो ध्यान हुने बताएका विविसीले जनाएको छ । इवानले गएको जुनमा भएको चुनाव जित्नु भएको थियो ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *