कोलोराडोमा दोस्रो पटक म्हपूजा सम्पन्न

कार्तिक २६ –  नेवाः दबू कोलोराडोले दोस्रो पटक सामुहिक म्हपूजा सम्पन्न गरेको छ । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्य अन्तर्गत डेन्भर शहरमा नेपालबाट गएर विभिन्न काममा संलग्न नेवाःहरुको समूह दबूले गतवर्षदेखि सामुहिक म्हपूजा थालेको हो ।


आफ्ना मौलिक संस्कृति संरक्षण गर्दै संसारका जुनसुकै कुनामा रहेपनि त्यसलाई निरन्तरता दिन आफूहरु कटिवद्ध रहेको आयोजकले जनाएको छ । ४५ जनाको म्हपूजा गरिएको कार्यक्रममा सहभागीले आफू काठमाडौंमै बसेर म्हपूजा गरिरहेको महसूस गरेको आयोजक मध्येका धनेश रञ्जितकारले बताउनुभयो ।

Facebook Comments
देश बाहिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *