जलवायु परिवर्तनका कारणले अमेरिकामा अर्बौ डलर बराबरको नोक्सानी हुने

मंसिर ८ – अमेरिकाले जलवायु परिवर्तनको असरका कारण अर्बौ डलर बराबरको नोक्सानी तथा जनस्वास्थ्यमा क्षति बेहोर्नु पर्ने एक अध्ययनले देखाएको छ । साउथ क्यारोलिनाका भरिएका बाँध, ग्रेट प्लेन क्षेत्रमा पानीको संकटका कारण सुक्दै गएका बालीनाली र फ्लोरिडामा बढेको किटाणुले फैलाउने रोगव्यादि, जलवायु परिवर्तनकै असरले भएको अनुसन्धानकर्ताले दाबी गरेका छन् । यो अवस्था अहिले नै निकै घातक भइसकेको र तत्काल नाटकीय कदम नचालिए विनाशमात्रै निम्त्याउन भन्दै उनीहरुले अहिले नै सचेत हुन राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई चेतावनी दिएका बिबिसीले जनाएको छ । तर विभिन्न अमेरिकी सरकारी निकायको सहयोगमा निकालिएको प्रतिवेदनलाई ह्वाइट हाउसले भने गलत भनेको छ ।

Facebook Comments
यो पनि ..........

Leave a Reply

Your email address will not be published. Required fields are marked *