साउन १७ – राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले कक्षा १२ को नियमित तथा आंशिकतर्फको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षा बोर्डले गएको वैशाखमा पहिलोपटक ग्रेडिङ प्रणालीअन्तर्गत सञ्चालन गरेको परीक्षाको परीक्षाफल बिहीबार प्रकाशित गरेको हो ।  यसवर्ष सबै विषय समूहको नतिजा एकैपटक सार्वजनिक गरिएको छ । कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गरेको यो पहिलो पटक हो ।

परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा एक हजार १६९ ले ३.६१ देखि ४ जीपीए ल्याएका छन् ।  परीक्षा बोर्डका अनुसार, ११ हजार २२१ ले ३.२१ देखि ३.६०, २७ हजार ६४३ ले २.८१ देखि ३.२० ल्याएका छन् । त्यसैगरी, २.४१ देखि २.८० ल्याउनेकाे संख्या ५८ हजार ३४५ छ ।

कक्षा १२ को परीक्षामा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई अरू सबै विषयमा सी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा मात्र अनुपस्थित वा डि वा डि वा र्इ ग्रेड प्राप्त गरेका परीक्षार्थीहरूको लागि ग्रेडवृद्धि (पुरक) परीक्षा भाद्र १६ गते हुने बोर्डले जनाएको छ ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *