नागरिकता ऐनलाई संसोधन गर्न बनेको विघेयक संघिय संसदमा पेश गर्ने

साउन २० – सरकारले नेपाल नागरिकता ऐनलाई संसोधन गर्न बनेको विघेयक संघिय संसदमा पेश गर्ने निर्णय गरेको छ ।  सिंहदरबारमा आईतबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त विघेयक संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । त्यस्तै अन्य विभिन्न ६ वटा विघेयक पनि संघिय संसदमा पेश गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । सुरक्षित मातृत्व , वातावरण संरक्षण , भुक्तानी तथा फछ्र्यौट लगायतका विघेयक र केहि संसोधन विघेयक सदनमा पेश गर्ने निर्णय भएको उहाँको भनाई छ ।संविधान अनुसार विभिन्न ऐन कानुन निर्माण गर्नका लागी सरकारले विभिन्न विघेयक सदनमा पेश गर्ने निर्णय गरेको हो ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *