भाद्र २७ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले वैदेशिक ब्यापारमा चीनतर्फका ठूला बन्दरगाह पनि प्रयोग गर्न पाउने सुनिश्चिता भएको बताउनुभएको छ । त्रिभुवन बिश्वबिद्यालय अन्तराष्ट्रिय सम्बन्ध बिभागले बुधबार काठमाडौमा आयोजना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ बिषयक अन्तक्र्रिया कार्यक्रममा उहाले नेपाल चीन बिच भएको पछिल्लो सहमति अनुसार नेपाले चीनतर्फका ठूला बन्दरगाह पनि प्रयोग गर्न पाउने सुनिश्चिता भएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले चीनसंग भएको उक्त सहमति नेपाल जस्तो भूपरिवेष्टित राष्ट्रका लागि चीनसँगको सहमति ठूलो अवसर भएको दाबी गर्नुभयो । उहाले दुई ठूला छिमेकी मुलुकसंगको सहमति र सहकार्यबाट नै नेपालको आर्थिक बिकासमा मद्दत पुग्ने बिश्वास व्यक्त गर्नुभयो । नेपाल चीनबिचको ट्रान्समिटर लाईन र रेल सम्झौता मुलुकको बिकासको कडि भएको उहाको भनाई छ ।

त्यस्तै कार्यक्रमका सहभागीहरुले नेपालचीनबिच भएको सहमति नेपालका लागी अबसर भएको भन्दै यसको सदूपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

Facebook Comments
HOMELAND

Leave a Reply

Your email address will not be published. Required fields are marked *