असोज १२ – अमेरिकी बी–५२ नामक वमबर्षक विमान साउथ चाइना सी र इस्ट चाइना सी मा उडाइएको प्रति चीनले आपत्ति जनाएको छ । विवादित क्षेत्रमा अमेरिकाले वमबर्षक विमान उडाएको केही दिनपछि चिनियाँ रक्षा मन्त्रालयले त्यसको आलोचना गरेको हो । उडानका बिषयलाई लिएर अमेरिकी रक्षा केन्द्र पेन्टागनले बुधबार इस्ट चाइना सीमामा आफ्ना वमबर्षक विमानको उडान जापानसँगको संयुक्त अभ्यास भएको र यसको एक दिन पहिले अन्तर्राष्ट्रिय हवाई मार्गको प्रयोग गरी उडेको जनाएको छ । चीनले साउथ सी क्षेत्रमा रणनीतिक जलमार्गलाई आफ्नो दावी गर्दै टापूहरूको श्रृङ्खला तथा सामुद्रिक तटको निर्माण गरेको छ । जसलाई उसले सैनिक प्रयोजनका लागि प्रयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

Facebook Comments
INTERNATIONAL

Leave a Reply

Your email address will not be published. Required fields are marked *