१६ लाख बालबालिका जोखिमयुक्त प्रकृतिको काम गर्न बाध्य

भाद्र २९ – सुखी नेपाली, समृद्ध नेपाल ; बाल अधिकार सबैको सरोकार भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाईंदैछ । नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता व्यक्त गरेको दिनको अवसरमा हरेक वर्ष राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । बालअधिकारको पक्षमा वकालत गर्दै वर्षेनी दिवस मनाइएपनि बालविवाह, बालश्रम, बालबालिका बेचविखन तथा ओसारपसार, बाल हिंसा र शोषणका घटना रोकिएका छैनन् । सरकारले सडक बालबालिका संरक्षण तथा व्यवस्थापन मार्गदर्शन, २०७२ जारी गरि २०७३/७४ देखि काठमाण्डू उपत्यकामा बालबालिका सडकमा बस्नुपर्दैन, सडकमा बस्नुहुँदैन भन्ने अभियानमा ७ सय ८३ बालक र नब्बे बालिका गरि ८ सय ७३ जनाको उद्धार गरिएको दिवस मूल समारोह समितिले जनाएको छ । समितिका अनुसार उद्धार गरिएका मध्य २ सय ७३ बालबालिका विभिन्न केन्द्र तथा गृहमा राखिएका छन् भने ४ सय २० जनालाई परिवारको जिम्मा लगाइएको छ । तर सरकारी तथ्याङक अनुसार नै ८० लाख बालबालिका मध्ये १६ लाख जोखिमयुक्त प्रकृतिको काम गर्न बाध्य छन् ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *