भाद्र २८ – नेवार समुदायले आज सानो दशैको रुपमा लिइने चथा पर्व मनाउँदैछ । हरेक वर्ष भाद्र शुक्ल चौथीका दिन बेलुकी चन्द्रमालाई चोर देवताको रुपमा पूजा गरेर चथा मनाउने गरिन्छ । त्यसैले आज चन्द्रमा हेर्यो भने मिथ्यामा चोरदोश लाग्छ भन्ने जनविश्वास छ । टोल टोलमा बेलुकी कुकुरले भुक्न थालेपछि कौसीको कुनामा लिपपोत गरेर कमलको पात विछ्याएर कमलको फूल, चथास्वाँ , अदुवाको विरुवा , आरुको बियाँ लगायत विभिन्न भुटेका गेडागुडी , समयबजी, लगायत चढाएर चन्द्रमालाई पूजा गरिन्छ । आजको दिन पानी पर्यो भने दशैमा पनि पानी पर्ने, आज राम्रो भयो भने दशै पनि राम्रो हुने जनविश्वास छ । त्यस्तै चथा जुन बार पर्दछ , दशैको महानवमी र नेपाल सम्वतको नयाँ वर्ष पनि त्यहि बार पर्दछ । आजै गणेशको जन्म भएको विश्वासमा गणेश चौथी पनि मनाइन्छ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *