असोज १८ – काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८ सय ठाउँमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । यसअघि नेपाल प्रहरीले काठमाण्डु महानगरपालिका भित्र ३ सय ५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि महानगरपालिकाले थप क्यामेरा जडान गर्न लागेको हो । प्रहरीले उपत्यकामा ५ सय भन्दा धेरै क्यामेरा जडान गरेको छ । अब जडान गर्ने अरु एक हजार ४ सय भन्दा धेरै क्यामेराको लागि पनि नेपाल प्रहरीसँगै मिलेर नै काम गर्ने काठमाण्डु महानगरपालिकाका सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिनुभयो । जडानको लागि एक हप्ताअघि काठमाण्डु महानगरपालिका र नेपाल प्रहरीबीच कार्यदल बनिसकेको छ । यसअघि नेपाल प्रहरीले कामपाको मुख्य शहरमा क्यामेरा जडान गरे पनि अब राखिने क्यामेरा सम्पदा क्षेत्र, नदीको किनार र कम सुरक्षा रहेको सडक गल्लीमा राखिने तयारी कार्यदलको छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *