जेठ २९ –  नेपाल राष्ट्रिय पार्टी प्यालेश तथा क्याटरिङ व्यवसायी महासंघको राष्ट्रिय महाधिवेशन जेष्ठ ३० गते काठमाडौमा हुने भएको छ ।सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे महासंघले यस्तो जानकारी दिएको हो । पहिलो पटक हुन लागेको महाधिवेशनको गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवशेनमा मुलुकभरका ५ सय जनाको सहभागीता रहने आयोजकले जनाएको छ भने महाधिवेशनमा पार्टी प्यालेश तथा क्याटरिङ व्यवसायी क्षेत्रमा देखिएका समस्याको समाधान खोजिने महासंघका महासचिव लिला जिसिले जानकारी दिनुभयो । उहाँले आफुहरुको व्यवसायलाई राज्यद्धारा प्रदान गरिने कुनै पनि सुविधा प्राप्त नभएको पनि गुनासो गर्नुभयो ।

 

 

Facebook Comments
SOCIETY

Leave a Reply

Your email address will not be published. Required fields are marked *