कार्तिक ११ – उपराष्ट्रपति नन्द बहादुर पुनले विकेन्द्रीत पुँजीलाई एकीकृत गर्दे लगानी विस्तार गर्नुपर्ने बताउनुभएको छ । आईतबार काठमाडौमा लाफा ग्रुप लिमिटेडको प्रथम साधारणसभा उद्घाटन गर्दे उहाले बिकासको लक्ष्य हासिल गर्नका लागी एकीकृत पुँजीको आवश्यकता रहेको बताउनुभएको हो । उहाले स्वदेशमा लगानीका लागी गैर आवासिय नेपालीहरुको सक्रियता बढनु सकारात्म बिषय भएको धारणा राख्नुभयो । पराम्परागत उत्पादन सम्बन्ध , पुजी परिचालनमा कमि , वस्तीहरुको बिकेन्द्रीकरण , भौगोलिक बिकटताका कारण केहि समूदायको प्रगतीमा असर परिरहेको उहाले बताउनुभयो । उहाले राजनीतिक आर्थिक सांस्कृतिक रुपमा पछि परेका समूदायको पनि बिकासको खाँचो रहेको औल्याउनुभयो ।

साधारणसभाबाट कम्पनीको सञ्चालक समिति गठन हुने लाफा ग्रुपले जनाएको छ । कम्पनीमा २३ वटा देशमा बसोबास गर्ने नेपालीहरूको सामूहिक लगानी रहेको छ । लाफा ग्रुपले आफ्नो महत्वपूर्ण एवं गौरवमय आयोजनाका रुपमा काठमाडौंको नागार्जुन नगरपालिका–७ मा पर्ने स्वीट्जरल्याण्ड पार्कनजिकै ‘लाफा भिलेज’ निर्माणको काम अघि बढाइसकेको छ ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *