सदर चिडियाखानामा  जनावरका लागि नयाँ भान्साघर

साउन २५ – ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा ८३७ जनावरका लागि नयाँ भान्साघर बनाइएको छ । राणाकालीन संरचना भत्काएर आधुनिक र फराकिलो भान्साघर बनाइएको चिडियाखानाले जनाएको छ । भान्साघर ठूलो हुँदा पकाउन र सरसफाइ गर्न सहज भएको छ । नयाँ भान्साघर बनेपछि खाना पकाउनेसँगै भाग लगाएर जनावरलाई दिन पनि सहज भएको चिडियाखानाका असिस्टेन्ट क्युरेटर गणेश कोइरालाले बताउनुभयो । चिडियाखानामा मुख्य र सहायक गरेर दुई किसिमका भान्साघर छन् । मुख्य भान्सामा नै सबै जनावरका लागि खानेकुरा पकाइने गरिएको छ । एक दशक पहिलेदेखि चिडियाखानामा पुराना संरचना भत्काएर नयाँ निर्माणका क्रममा भान्साघर पनि निर्माण गरिएको हो । चिडियाखानाको मुख्य भान्सासँगै जनावरका खोर, कार्यालयलगायतका भवन पनि सुधारका क्रममा रहेको व्यवस्थापक डा चिरञ्जीवी खरेलले बताउनुभयो ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *