मंगलबजारमा रंजना लिपि वर्कशप

साउन २० – नेपाल लिपिलाई जनस्तरमा व्यापकता दिनको लागि थालिएको अभियानको क्रममा ललितपुरको मंगलबजारमा रंजना लिपि वर्कशप संचालन गरिएको छ । शनिबार संचालन गरिएको तालिममा स्थानीयको उल्लेखनीय सहभागिता रहेको आयोजक नेपाल लिपि गुथिका उपाध्यक्ष अनिल स्थापितले बताउनु भयो । हिजो भएको कार्यकम  रोटर्याक क्लब अफ यल , मच्छिन्द्र क्लब, बौचा मैचा र क्यालिजात्राको संयुक्त आयोजनामा भएको हो ।

चार महिना अघि संचालन भएको अभियानको क्रममा अहिलेसम्म बसन्तपुर , इटुम्बहाल, असन, थिमी लगायतका  ठाँउमा तालिम संचालन भइसकेका छन् । तालिमको अवधिमा रंजना लिपि लेखन शैलीको प्रारम्भिक ज्ञान दिने उहाँले बताउनु भयो । विस्तृत रुपमा तालिम लिनको लागि एक महिनाको तालिममा सहभागी हुनसक्ने पनि उहाँले बताउनु भयो। रंजना लिपिलाई विश्वको दोश्रो उत्कृष्ठ लिपिको रुपमा लिइन्छ।

 

 

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *