फागुन २ – सरकारले क्रिकेट, फुटबल र बडिबिल्डीङमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । माघ २५ गते बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बस्कोटालले बिभिन्न खेलमा सफलता प्राप्त गर्नेलाई जम्मा रु १ करोड ५६ लाख पुरस्कार दिने निर्णय गरेको बताउनुभयो । बैठकले क्रिकेट खेलाडीलाई जनही ३ लाख र क्रिकेट प्रशिक्षक लाई ५ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । त्यस्तै साफ फुटबल खेलाडीलाई जनही २ लाख र शारीरिक सुगठन प्रतियोगितामा विश्व च्याम्पियन बनेका महेश्वर महर्जनलाई ५ लाख पुरस्कार दिने निर्णय भएको मन्त्री बास्कोटाले जानकारी दिनुभयो । बैठकले नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बीच सम्पन्न मिलेनियम च्यालेञ्ज क्म्प्याक्ट अनुमोदनका लागि संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । बजेट कार्यान्वनमा देखिएका समस्या समाधान गर्ने निर्णय गरेको भने अध्यागमन नियामावली २०५१को अनुसूची ११ संसोधन गर्ने निर्णय गरेको उहाले बताउनुभयो ।

बैठकले औधोगीक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धकमा सुवास सिटौलालाई नियुक्ती गरेको छ भने दुरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक पुरुषोतम खनाललाइ नेपाल दुरसञ्चार प्राधिकरणको कार्यवहाक अध्यक्ष तोक्ने निर्णय पनि गरेको छ । त्यस्तै पाँच जना सहायकरथीलाई उपरथीमा दर्जामा पदोन्न्नती गरि पदास्थापन गर्ने तथा ५ जना उपरथीहरुलाई सरुवा गर्ने निर्णय पनि भएको छ ।

Facebook Comments
HOMELAND

Leave a Reply

Your email address will not be published. Required fields are marked *