असोज २१ –  सरकारले उखुकिसान र चिनी उद्योगबिच देखिएको समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्नका लागी रणनीति तयार गर्ने भएको छ । सिंहदरबारमा आईतबार बसेको मन्त्रीपरिषद् बैठकले उखु उत्पादक कृषक , चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राखि रणनीति तयार गर्नका लागी राष्ट्रिय योजना आयोगको कृषि क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा उखु उत्पादक संघ , चिनी उत्पादक संघ , उपभोक्ता हित संरक्षण सम्बन्धी संस्थाका साथै उद्योग , अर्थ र कृषि मन्त्रालयका सहसचिवहरु रहने छन् ।

त्यस्तै बैठकले सरकारले गोरखापत्र संस्थापनको कार्यकारी अध्यक्षमा वरिष्ठ पत्रकार तथा लेखक स्तम्भकार कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । बैठकले गोरखापत्रका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसँग ३ दिने स्पष्टिकरण समेत माग्दै यसअघिका अध्यक्ष गोविन्द पोखरेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल वास्कोटाले जानकारी दिनुभयो । बैठकले संञ्चार संस्थामा काम गर्ने पत्रकारलगायत सबै कर्मचारीको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ । त्यस्तै बिश्व बैंकको अन्तराष्ट्रिय बिकास संस्थाबाट उर्जा क्षेत्रमा लगानी बढाउने कार्यका लागी ऋण स्वरुप ११ अर्व ६३ करोड रुपैया स्वीकार गर्नका लागी अर्थसचिवलाई अख्तियारी प्रदान गरिएको प्रवक्ता बास्कोटाले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद् बैठकले जापान सरकारले सिन्धुली सडक सुधारका लागी प्रदान गर्ने १ अर्व ४ करोड रुपैया सहायता स्वीकृत गर्ने निर्णय गरेको छ भने नागरिक लगानी कोषको सञ्चालकमा डाक्टर रामचन्द्र भट्टराईलाई मनोनयन गरि सञ्चालक समितिको अध्यक्ष तोकिने निर्णय गरेको प्रवक्ता बास्कोटाले बताउनुभयो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अमेरिका र कोष्टारिका भ्रमणका क्रममा भएका मुख्य गतिविधीका बारेमा जानकारी गराउनुभएको थियो ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *