साउन २२ – नेपालमा आगोले जलेर घाइते हुने र मर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएकाले त्यसलाई न्यूनीकरण गर्न जनचेतनाको खाँचो रहेको सरोकारवालाले जोड दिएका छन् । नेपाल अग्नि जलन समाज नेपालले मंगलबार काठमाडौमा आयोजना गरेको अग्नी जलन सुरक्षा बिषयक अन्तक्रियामा उनीहरुले जलेर घाइते हुदा समयमा नै प्राथमिक उपचार नपाउनाले क्षती बढ्दै जाने जोखिम रहेको भन्दै त्यसलाई न्यूनीकरण गर्न जनचेतनाको खाँचो रहेको बताएका हुन् । नेपालमा प्रत्येक वर्ष ५० हजार मानिस आगाले जल्ने समस्यामा परेको र त्यसमध्ये पाँच प्रतिशत अपाङ्ग र चार प्रतिशत मर्ने गरेको जानकारी दिइयो । त्यस्तै बालबालिकमा हुने जलन मध्ये ७० प्रतिशतको मत्यु वा शारिरीक अशक्तको शिकार हुने गरेको समाजले जनाएको छ । कार्यक्रममा समाजका महासचिव बरिष्ट बालसर्जन रामनन्दनप्रसाद चौधरीले अग्नी जलनका कारण हुनसक्ने दुर्घटनालाई न्युनिकरण गर्नका लागी समाजले बिद्यार्थी केन्द्रित जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । अग्नि जलनबाट बच्नका लागि आवश्यक तालिम र चेतनामूलक सामग्री प्रसारण गरी सचेत गराउन निरन्तर अभियानमुलक कार्यक्रम पर्ने गर्ने समाजले जनाएको छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *