बुंगमतीमा परम्परागत पौभा प्रदर्शनी यसपाली पनि रोकियो

भाद्र २५ – २०७२ सालको भूकम्पका कारण ललितपुरको बुंगमतीमा हरेक वर्ष गरिने परम्परागत पौभा प्रदर्शनी यसपाली रोकिएको छ । हरेक वर्ष कुशे औसी र त्यसको भोलीपल्ट बुंगमतीमा बौद्ध लोक कथामा आधारित पौभा सर्वसाधारणको दर्शनको लागि राखिने चलन छ । अरु बेला हिजोबाट सिंहसार्थबाहु अवदान , मच्छिन्द्रनाथको जीवनी , बलिराजाको कथा सहित विभिन्न बौद्ध कथामा आधारित विभिन्न पौभा प्रदर्शनीमा राखिनेमा यसपाली पनि ठाँउको अभाव भएकोले त्यसो नगरिएकोे स्थानीय सुरेन्द्र तुलाधरले बताउनु भयो । बुगमतीमा यसरी पौभा प्रदर्शनीमा राखिएको बेला बुंगमतीमा पेशागत कुनै काम गर्न नहुने मान्यता छ । बुगमतीमा अहिले गुला सकिएकोले अहिले विशेष मेला लागेको छ । परम्परागत बाजा बजाउने तालिम लिएकाहरुले आज मच्छिन्द्रनाथको मूर्ति अगाडि बाजा बजाएर विशेष भोज खाने चलन छ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *