बुद्धनगरको फर्निचर गोदाममा भीषण आगलागी

मंसिर १० – काठमाडौको बुद्धनगरस्थीत एक फर्निचर गोदाममा भीषण आगलागी भएको छ । चाइनिज फर्निचरको गोदाममा सोमबार दिउसो एक्कासी आगलागी भएको हो । आगलागी सुरु भएसँगै काठमाडौं, ललितपुर र भक्तपुरका साथै स्थानीय र प्रहरीको सक्रियतामा आगो निभाउने प्रयास भइरहेको छ । नजिकै रहेका घरहरु पनि आगोको जोखिममा रहेकाले सो क्षेत्रमा त्रास फैलिएको छ भने नजिकै रहेको घरबाट पनि सामानहरु बाहिर निकालिएको छ ।

आगलागीबाट लाखौंको क्षतिको आशंका गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ । टीनले बारेर बनाइएको सो गोदाममा बिद्युतसर्ट भई आगलागी भएको अनुमान गरिएको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *