असोज २२ – ब्राजिलमा भएको पहिलो चरणको राष्ट्रपतीय चुनावमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव हुने भएको छ । पहिलो चरणमा उग्र दक्षिणपन्थी मानिएका उम्मेद्वार जइर बोल्सोनारुले ४७ प्रतिशत मत ल्याएर विजयी भएपनि ५० प्रतिशत मत ल्याउनुपर्ने नियम भएकाले अक्टोवर २८ मा दोस्रो चरणको चुनाव हुने विविसीले जनाएको छ । बोल्सोनारुले ४७ प्रतिशत र बामपन्थी वर्कस पार्टीका फर्नाडु अडाडले २८ प्रतिशत मत ल्याउनुभएको छ । जनमत सर्वेक्षणहरूले दोस्रो चरणको चुनावमा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखाएका छन्।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *