अमेरिकाको डिसीमा सामूहिक ब्रतबन्ध सम्पन्न

असार ३२ – अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )को आयोजनामा सामूहिक ब्रतबन्ध सम्पन्न भएको छ । गएको जुलाई १४ तारिख मेरिल्याण्ड राज्यस्थित वाशिंगटन काली मन्दिरमा १२ नेपाली युवकहरुको  साँस्कृतिक राजदुत बासव राजोपाध्यायद्वारा सामूहिक ब्रतबन्ध सम्पन्न गरिएको हो ।

सामुहिक ब्रतबन्धमा क्यानडा बाट ३ ,अमेरिकाको टेनेसी राज्य बाट २ ,मेरिल्याण्ड राज्यबाट ३ ,बोस्टन बाट १ ,भर्जिनियाबाट २ तथा पेनसेलभेनियाबाट १ जना गरेर कूल १२ जना बटुकहरुको सहभागिता थियो । कार्यक्रम पितृ श्राद्ध ,लसकुस परम्परागत स्वागत ,कार्य शुद्धि ,सामूहिक मण्डप पूजा ,स्नान ,अभिषेक आशिर्बाद ,भिक्षा दान ,सात चाल पछि सबैलाई स्वागत गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।

एनओएका कार्यबाहक अध्यक्ष पुस्कर प्रजापतिले सबैलाई स्वागत मन्तब्य राख्नुको साथै धन्यवाद दिनु भएको थियो । एनओए भाषा, संस्कृति, परम्परा एवं कलाको प्रवर्द्धन तथा सम्बर्धन गर्ने उद्धेश्यले १७ बर्ष अगाडी स्थापना भएको संस्था  हो ।

 

Facebook Comments
देश बाहिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *