असोज २४ -वातावरणविद् इन्जिनियर, प्राध्यापक, डाक्टर मुरली गोपाल रञ्जितकारको जीवन संघर्षमा आधारित पुस्तक “सडक मजदुर हुँदै इन्जिनियर” प्रकाशित भएको छ । पुस्तकमा भारतको अलमोडामा सडक मजदुर भएर काम गरेका रञ्जितकारले त्यहाँ भएको अपमानपूर्ण व्यवहारपछि स्वदेश फर्केर पढाई सुरु गरेकोदेखि इन्जिनियर सर्वेयरका रुपमा सरकारी सेवामा प्रवेश गरेर ३५ वर्षको सेवाबाट अवकाश लिएपछि प्राध्यापन सेवामा प्रवेश गरेकोसम्मका कथा लेखेका छन् ।

काभ्रेको धुलिखेलवासी रञ्जितकारले देशका महत्वपूर्ण सडक निर्माण साथै खानेपानी र वातावरणीय योजनामा योगदान गरेका छन् । पुस्तक नेसनल इन्स्टिच्यूट अफ हेल्थ एण्ड साइन्सले प्रकाशन गरेको हो । १ सय २० पेजको पुस्तकमा लेखकका बारेमा अन्य इन्जिनियरहरुका धारणा पनि समावेश गरिएका छन् ।  पुस्तक देशभरी छरिएर रहेका इन्जिनियरिङ्गका विद्यार्थी, पेशा र व्यवसाय गर्नेहरुका लागि प्रेरणास्पद हुन सक्नेछ ।

Facebook Comments
साहित्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *