असोज ३ – एकवर्षसम्म दिनहुँ रक्तदान कार्यक्रम गरेर सानुमैँया स्मृति प्रतिष्ठान काठमाण्डूले ५ हजार पिन्ट भन्दा बढी रगत संकलन गरेको छ । बढी भन्दा बढी रगत संक्लन गरेर रक्तसञ्चारका क्षेत्रमा नयाँ रेकर्ड बनाएको प्रतिष्ठानले जनाएको छ । भूकम्पमा काठमाडौंको प्राचीन सम्पदा काष्ठमण्डपमा पुरिएर ज्यान गुमाएकी रक्तसञ्चार केन्द्रकी प्राविधिक स्वयंसेवी सुानुमैँया कपालीको स्मृतिमा गठित प्रतिष्ठानले रक्तदानको नयाँ रेकर्ड कायम गर्दै एकवर्ष पूरा गरेको प्रतिष्ठानका संरक्षक धन नारायण कपालीले बताउनुभयो ।

Facebook Comments
BANNER, SOCIETY

Leave a Reply

Your email address will not be published. Required fields are marked *