जेठ १८ – वीर अस्पतालको पुरानो नर्सिङ होस्टेल भत्काएर नयाँ भवन बनाउने क्रममा ऐतिहासिक लुचुभुलु अजिमा घरको जगमा असर परेकाले स्थानीयबासिन्दा आक्रोशित भएका छन् ।


काठमाडौ महानगरपालिकायासँग अनुमति नलिइ ३५ फिट जति तल जग निर्माण गर्ने क्रममा स्काभेटर प्रयोग गरेर अजिमाको घरसँगैको पीपलको बोट जबरजस्ती निकाल्ने क्रममा अजिमा घरको जगमा असर परेको स्थानीय उदय मान ताम्राकारले बताउनु भयो । ऐतिहासिक अजिमाघरमा असर परेकोले तत्काल निमार्ण काम रोक्नको लागि स्थानीयले माग गरेका छन् ।

यसभन्दा अघि पनि वीर अस्पतालको नयाँ भवन निर्माण तत्काल रोक्न माग राख्दै स्थानीयले वडा नम्बर २७ को कार्यालयमा निवेदन दर्ता गरेको थियो । उजुरी पछि वडाध्यक्ष चिनियाँमान बज्राचार्यको नेतृत्वको टोलीले निरीक्षण गरेको थियो ।

त्यस्तै स्थानीय उदय मान ताम्राकारका अनुसार विगत २ महिनादेखी वीर अस्पातलको नयाँँ भवन बनाउने क्रममा ४० फिट बेसमेन्ट खनिरहेको छ । यसरी खन्ने क्रममा एस्केभेटर र डोजरहरु चलाउँदा महाबौद्ध हुँदै तुकेब मार्ग र भोटाहिटी सम्मका धेरै घरहरुमा कम्पन भइ नराम्रो सँग चर्केका छन् ।  परापूर्व काल देखि बीर अस्पतालको कम्पाउन्ड भित्रबाट कायम भईरहेको स्थानिय वासीहरुको ढल समेत बन्द गरिदिएको उहाँले बताउनु भयो ।

Facebook Comments
फोटो ग्यालरी, ब्यानर, सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *