वीर अस्पतालको स्वास्थ्य सेवा भक्तपुरको दुवाकोटमा पनि

असोज २५ –  सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले भक्तपुरको दुवाकोटमा स्वास्थ्य सेवाको शुरुआत गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले दुवाकोटबाट बहिरङ्ग स्वास्थ्य सेवा ओपिडी शुरु गरेको हो । ओपिडी सेवा बिहान ९ देखि ५ बेलुकी बजेसम्म हुने अस्पतालका निर्देशक प्राध्यापक डाक्टर भुपेन्द्र बस्नेतले बताउनुभयो । थप उपचार गर्नु परेमा वीर अस्पतालमा अर्काे टिकट लिन नपर्ने व्यवस्थासमेत अस्पतालले गरेको छ । स्वास्थ्य मन्त्रालयले न्याम्सलाई दुवाकोटमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्न भौतिक संरचना बनाउन झण्डै ५ सय ७० रोपनी जग्गा उपलब्ध गराएको थियो । पछिल्लो समय स्वास्थ्य मन्त्रालयले वीर अस्पतालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विस्तारलाई उच्च प्राथमिकता दिँदै आएको छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *