महानगरपालिकाले सञ्चालन गर्दै आएको बायोग्याँस प्लान्ट बिग्रियो

साउन १९ – दुई वर्षदेखि काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्दै आएको बायोग्याँस प्लान्ट बिग्रिएको छ । जैविक फोहरको उचित व्यवस्थापन गर्न २०७३ कात्तिकदेखि काठमाण्डौ महानगरपालिका वातावरण व्यवस्थापन महाशाखाले टेकुमा सञ्चालन भैरहेको प्लान्ट एक महिनादेखि बन्द भएको छ । प्लान्ट बिग्रिएकोले बनाउनका लागि सामान लिन नेपाली प्रतिनिधि भारत गएका विभागका प्रमुख हरि कुँवरले बताउनुभयो । अबको एक हप्ताभित्र मर्मतको सामग्री आइसक्ने र फेरि ग्याँस निकाल्ने काम शुरु हुने उहाँको भनाइ छ । काठमाण्डु महानगरपालिका वडा नम्बर १२, १९ २० र २१ मा संकलन गरी छुट्याइएको कुहिने फोहरबाट दैनिक ६ सय टन फोहर प्रयोग गरी बायोग्यास निकालिँदै आएको थियो । त्यसबाट निकालिएको बायोग्याँस काठमाण्डौ महानगरपालिकाको कार्यालयमा प्रयोग हुँदै आएको छ ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *