राम जानकीविवाह पञ्चमीको आज मुख्य दिन

मंसिर २६- राम जानकी विवाह पञ्चमीको आज मुख्य दिन राम सीताको स्वयम्बर गरी मनाईदैछ । आज जनकपुरको बाह्रविगा मैदानमा राम जानकीको विवाह गरिन्छ । प्रदेश नम्बर २ सरकारले आज विवाह पञ्चमीको अवसर पारेर १ हजार १ सय जनालाई भोज खुवाउने तयारी गरेको छ । विवाह महोत्सवमा सहभागि हुन आज भारतको उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथ पनि राम सीताको स्वयम्बरमा सहभागि हुन जनकपुर जाने कार्यक्रम छ । यसैबीच प्रदेश नम्बर २ सरकारले आज पनि सार्वजनिक विदा दिएको छ । रामजानकी विवाह महोत्सव भोली सकिनेछ । यसैबीच त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी दिवसकै रुपमा नै पनि मनाउने गरिएको छ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नु भएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मन

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *