वरिष्ठ कलाकार भिमबहादुर थापाको निधन

जेठ ३० – वरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । गएराती आफ्नै निवास काठमाडौं मैतीदेवीमा उहाँको निधन भएको हो । ९३ वर्षका थापा लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित हुनुहुन्थ्योे । उहाँले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा अभिनय गर्नुभएको थियो । हाँस्य टेलिचलचित्र तीतो सत्यमा काम गरेपछि उहाँ अझ चर्चित बन्नुभएको थियो । उहाँ पहिले नेपाली सेनामा पनि कार्यरत हुनुहुन्थ्यो ।

Facebook Comments
मनोरञ्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *